काठमाडौं । बृद्ध भत्ता पाउने उमेरबारे अहिले भइरहेका विभिन्न टिकाटिप्पणीहरुमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ । यस विषयमा कुनै छलफलसमेत नभएको अर्थ मन्त्रालयले जनाएको हो ।



सरकारले गठन गरेको ‘सुशासन मार्गचित्र समिति’ले वृद्धभत्ता पाउने न्यूनतम उमेर ७५ वर्ष पुर्याउन सिफारिस गरेपछि यसबारे टिकाटिप्पणी भइरहेको छ । तर, मन्त्रालयले भने यसबारे छलफलसमेत नभएको बताएको हो ।
सरकारले एकल महिला र कर्णाली क्षेत्रका ज्येष्ठ नागरिकलाई ६५ वर्ष र अरुलाई ७० वर्षमा वृद्धभत्ता दिँदै आएको छ । आर्थिक वर्ष २०५२÷५३ को बजेटमार्फत सरकारले ‘ज्येष्ठ नागरिकलाई वृद्धभत्ता’ कार्यक्रम शुरू गरेको हो । त्यतिबेला ज्येष्ठ नागरिकलाई हरेक महिना एक सय रुपैयाँ भत्ता उपलब्ध गराउने गरेकोमा त्यसपछि क्रमशः बढ्दै अहिले वृद्धभत्ता मासिक ४ हजार रुपैयाँ पुगेको छ ।



