काठमाडौं । तनहुँको आँबुखैरेनीमा भएको भारतीय बस दुर्घटनामा मृत्यु हुने २१ जना पुगेको छ । मृत्यु हुनेमा ११ महिला, आठ पुरुष र बालबालिका रहेका छन् ।
बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु रहेका बुझिएको छ । घाइते भएकामध्ये १२ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।






