मंसिर ७ को दुइ समूहको काठमाण्डौं केन्द्रित आन्दोलनले सबैको ध्यान तानेको छ । दुर्गा प्रसाईको कार्यक्रममा सहभागि हुन आएका होटेलमा बसेकामाथि दुव्र्यवहार भएको छ । सामाजिक सञ्जालमा युवा संघका कार्यकताले दुव्यवहार गरेको आरोप लगाएका छन् ।
महिलाहरुको समूहलाई राति बास बसेको ठाउँबाट पुरुषहरुको समूहले हटाएको एउटा भिडियो सामाजिक सन्जालमा भाइरल छ । मङ्सिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले काठमाडौँमा आयोजना गरेको प्रदर्शनमा आएका सहभागिहरु माथि दुव्यवहार भएको हो । व्यवसायी प्रसाईंले बिहिबार काठमाडौंमा आयोजना गर्ने कार्यक्रममा देशका विभिन्न स्थानबाट मानिसहरु काठमामाण्डौं आएका छन् । गए राति सुतिरेहका महिलाहरुलाई ओछ्यानबाटै उठाएर लखेटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।



https://www.facebook.com/bryan.zayaeru/videos/641905201475906
राति खिचिएको यो भिडियोमा एउटा हलमा भुइँमा ओछ्यान लगाएर बसेका महिलाहरु लाई एक जना पुरुषले यस्तो प्रश्न गर्छन् ।सामाजिक सञ्जालमा भिडियो सेयर गर्नेहरुले नेकपा एमाले निकट युवा संघले उक्त कार्य गरेको जनाएका छन् । यता युवा संघले भने आफुहरुले त्यस्तोखाले अराजकता नगरेको बताएको छ । यता आफूहरुलाई बदनाम गराउन र सात गतेको कार्यक्रमलाई असफल बनाउन विरोधी तत्व लागेको युवासंघको आरोप लागाईरहदा दुर्गा प्रसाईंको अभियानमा साथ दिन उपत्यकाबाहिरबाट आएका महिलाहरूमाथि दुर्व्यवहार युवा संघकै जिम्मेवार व्यक्तिहरूको संलग्नता देखिएको छ । सार्वजनिक भएको भिडिओ फुटेजमा देखिएका एक व्यक्ति युवा संघका सचिवालय सदस्य विनोद राई भएको पुष्टि भएको छ ।
राईको नेतृत्वमा गएको समूहले नै लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा सुतिरहेका महिलाहरूमाथि दुर्व्यवहार गरेको थियो । महिलाहरूलाई सुतिरहेको स्थानबाट उठाएर लखेटिएको भिडिओ सार्वजनिक भएसँगै युवा संघ चौतर्फी आलोचित बनिरहेको छ ।
युवा संघ र दुर्गा प्रसाईं नेतृत्वले मंसिर ७ गते बिहीबार काठमाडौंमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । प्रसाइंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नागरिक मुक्ति आन्दोलन भन्दै ‘व्यवस्था बदल्ने’ प्रदर्शन भनेका छन् । युवा संघले आफ्नो कार्यक्रमलाई ‘मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्धको प्रदर्शन भनेको छ ।



