काठमाडौं । रामेछापको मन्थलीस्थित अस्पताल क्षेत्र अहिले तनाबग्रस्त बनेको छ । हिजो दुर्घटनामा परी ज्यान गुमाएका परिवारका आफन्तले बस ब्यवसायी र अरनिको यातायात सेवा समितिका पदाधिकारीलाई सम्पर्क आउन अनुरोध गर्दै सडक जाम गरेपछि तनाब भएको हो ।
हिजो भएको दुर्घटनामा परी ज्यान गुमाएका १२ जनाको शब मन्थली अस्पतालबाट आफन्तले बुझ्न मानेका छैनन । स्थितिलाई नियन्त्रणमा लिन ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मन्थलीमा तनाब भएपछि काठमाडौंबाट रामेछाप र ओखलढुंगाका विभिन्न स्थानका लागि छुटेका अरनिको यातायात सेवा प्रालिका बसहरू खुर्कोटमै रोकिएका छन् भने मन्थली हुँदै काठमाडौं जाने बसहरू पनि रामेछापका विभिन्न स्थानमा रोकिएका छन् । दुर्घटनामा परि बस धनी लिखु तामाकोशी गाउपालिका वडा नं ४ का दिपेश बस्नेत र वडा नं ७ तिल्पुङका एकै परिवारका ४ जनासहित १२ जनाको मृत्यु भएको थियो ।







