काठमाडौं । भदौ २३ र २४ गते भएको ‘जेन जी आन्दोलन’ का क्रममा लुटपाट, तोडफोड तथा आगजनीबाट क्षति पुगेको महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ ।

आन्दोलनका क्रममा सुपरमार्केटको बाहिरी संरचना, सिसा, भित्री सजावट तथा केही सामग्रीमा क्षति पुगेको थियो । घटनापछि सुरक्षाका कारण अस्थायी रूपमा बन्द गरिएको शाखा मर्मत, सरसफाइ तथा सुरक्षा व्यवस्थापन सुदृढ गरी पुनः सञ्चालनमा ल्याइएको व्यवस्थापनले जनाएको छ ।

सुपरमार्केटले ग्राहकको सुरक्षा प्राथमिकतामा राख्दै आवश्यक प्रबन्ध मिलाइएको र नियमित समयमै सेवा उपलब्ध गराइने जनाएको छ ।

घटनासम्बन्धी विषयमा अनुसन्धान जारी रहेको तथा संलग्नमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको सुरक्षा निकायले जानकारी दिएको छ । स्थानीयवासी र ग्राहकहरूले पनि पुनः सञ्चालनसँगै दैनिक उपभोग्य सामग्री खरिद–बिक्री सहज हुने अपेक्षा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय