काठमाडौं । लघुवित्तपीडितले काठमाडौंको माइतीघरमा आमरण अनशन सुरु गरेका छन् । गत आइतबार ‘राजधानी मार्च’ गरेर सरकारको ध्यानाकर्षण गराएका उनीहरू आज बिहानदेखि माइतीघरमा आमरण अनशन बसेका हुन् ।

लघुवित्तसम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक कार्यान्वयन गर्न, लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवर्ती ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जना र विविध शुल्क खारेज गर्न माग गरेका छन् ।

साथै, जग्गा धितो लिलामी, कालोसूचीमा राख्ने कार्य तथा अन्यायपूर्ण ऋण असुलीको न्यायिक निरुपण गर्न उनीहरूको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय