मुगुको हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा संकलक ३२ दिनपछि मृत अवस्थामा फेला परेका छन् । मुगुको पाटनमा यार्सागुम्वा टिप्न गएका जुम्लाको पातारासीका ४० वर्षिय तारासिंह सार्की, ३५ वर्षिय पुन्न सार्की र ३५ वर्षिय वीर बोहोराको शव फेला परेको हो । च्यार्खु लेखमा गत वैशाख २२ गते यार्सा सङ्कल गर्न गएका उनीहरु हिउँपहिरोमा परी बेपत्ता भएका थिए ।






