मलेसियामा जारी आईसीसी यु-१९ महिला विश्व कपमा नेपाल आफ्नो डेब्यु खेलमा खराब ब्याटिङका कारण बंगलादेशसँग ५ विकेटले पराजित भएको छ। नेपालले ५३ रनको लक्ष्य दिएको थियो, जसलाई बंगलादेशले १३.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।

नेपाल समूह ‘डी’ को पहिलो खेलमा शनिबार बंगलादेशसँग पराजित भएको हो, जबकि अस्ट्रेलियाले स्कटल्याण्डलाई १० विकेटले हराएको थियो। बंगलादेशको जितसँगै उनीहरू समूह ‘डी’ को दोस्रो स्थानमा रहेका छन्, भने नेपाल समूहको तेस्रो स्थानमा छ।

नेपालको अगाडि अब समूह चरणका दोस्रो र तेस्रो खेलहरू छन्। जनवरी २० (माघ ७ गते) मा नेपालले स्कटल्याण्डसँग खेल्नेछ र त्यसपछि जनवरी २२ (माघ ९ गते) मा अस्ट्रेलियासँग भिड्नेछ।

आईसीसी यु-१९ महिला विश्व कपमा १६ राष्ट्रहरूको सहभागिता रहेको छ, जसलाई ४ समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, श्रीलंका, मलेसिया र वेस्ट इण्डिज छन्, समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्, समूह ‘सी’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाइजेरिया छन्, र समूह ‘डी’ मा नेपाल, स्कटल्याण्ड, बंगलादेश र अस्ट्रेलिया छन्। प्रत्येक समूहका शीर्ष ३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन्।

सुपर सिक्सको दोस्रो चरणमा नेपालले भारत, श्रीलंका, र वेस्ट इण्डिजसँग खेल्न पाउने सम्भावना रहेको छ। सुपर सिक्सका दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा स्थान बनाउनेछन्।

पहिलो संस्करणको आईसीसी यु-१९ महिला टी-२० विश्व कप सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना भएको थियो, जहाँ भारतले फाइनलमा इङ्ग्ल्याण्डलाई ७ विकेटले हराएर च्याम्पियन बन्ने सफलता प्राप्त गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय