काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह झापामा मतदाता भेटघाट कार्यक्रममा व्यस्त रहेका छन् । सोमबार झापामा पुगेका शाहले आज कमल गाउँपालिकाको सुकुम्बासी बस्तीमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका छन् ।

भेटघाटका क्रममा शाहले स्थानीय बासिन्दाका समस्या, जनजीविका, आधारभूत पूर्वाधार र विकासका विषयमा चासो राख्दै सुझाव संकलन गरेका थिए । उनले जनतालाई पार्टीका कार्यक्रम र नीतिहरू बारे जानकारी गराएका छन् ।

झापामा शाहको भ्रमणलाई संगठन विस्तार, जनआधार मजबूत बनाउने र आगामी निर्वाचन तयारीको अभियानका रूपमा हेरिएको छ । स्थानीय बासिन्दाले समेत उनको सक्रियता र प्रत्यक्ष संवादको प्रशंसा गरेका छन् । शाहको टोलीले गाउँका विभिन्न क्षेत्रहरूको भ्रमण गरेर मतदाता भेटघाट कार्यक्रम जारी राख्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय