काठमाडौं । वैदेशीक रोजगारीमा पठाई दिने भन्दै गठी गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा इनरुवा नगरपालिका तीन घर भई हाल चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ मा बस्दै आएका ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिकका २७ वर्षीय विवेक कँडेल रहेका छन् । उनी काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्दै आएका छन् । श्रेष्ठले क्यानडा पठाईदिन्छु भन्दै ३८ लाख २० हजार रूपैयाँ ठगी गरेको र कँडेलले माल्टा पठाई दिने भन्दै ३ लाख रूपैयाँ ठगी गरेको खुलेको छ ।



काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले श्रेष्ठलाई अनामनगर र कँडेललाई बागबजारबाट पक्राउ गरेको हो । थप अनुसन्धानको लागि उनीहरुलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।



