काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाबाट सात जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा क्षेत्र नं. १ र २ बाट १-१ जना, क्षेत्र नं. ३ बाट २ जना तथा क्षेत्र नं. ४ बाट ३ जना पूर्वमन्त्री उम्मेदवार बनेका हुन् ।

निर्वाचन क्षेत्र नं-१ बाट पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री गिरिराजमणि पोखरेल नेकपाबाट उम्मेदवार छन् । क्षेत्र नं-२ मा पूर्वश्रम, रोजगार तथा यातायातमन्त्री शरतसिंह भण्डारी जसपा नेपालबाट मैदानमा छन् ।

त्यस्तै क्षेत्र नं-३ मा पूर्वकृषिमन्त्री हरिनारायण यादव स्वतन्त्र उम्मेदवारका रूपमा र पूर्वगृहराज्यमन्त्री मोहम्मद रिजवान नेपाल संघीय समाजवादी पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचन क्षेत्र नं-४ बाट पूर्वकृषिमन्त्री महेन्द्रकुमार राय (नेपाली कांग्रेस), पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव (जसपा नेपाल) र पूर्व प्रदेश गृहमन्त्री भरतप्रसाद साह (नेकपा) उम्मेदवार बनेका छन् ।

यस पटकको निर्वाचनमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय