काठमाडौं । संघीय संसदको चालू अधिवेशनबाटै सम्पत्ति शुद्धीकरण निवारण ऐन टुंग्याउनु पर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न सांसदहरुले जोड दिएका हुन् ।

बैठकमा अधिकांश सांसदले सम्पत्ति शुद्धीकरण निवारण ऐन संसदको चालू अधिवेशनबाटै टुंगो लगाउन आवश्यक रहेको बताएका थिए । बैठकमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अतिरिक्त समय दिएर भएपनि यो ऐनलाई टुँग्याउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले मुलुकमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कडा कानून बनाउने विषयमा सबै राजनीतिक दल एकै ठाउँमा रहेको पनि बताउनु भयो ।

बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून बनाउन नसक्दा मुलुकमा संकट उत्पन्न हुन सक्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय