सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले २०६२÷६३ को जनआन्दोलनमा घाईते भई गत बैशाख २८ गते निधन भएका काभ्रेका कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई स्विजरल्याण्डको जेनेभामा यही जेठ ७ गतेदेखि सूरु हुने ७६ औं वल्र्ड हेल्थ एसेम्लीमा सहभागी हुनका लागि स्विकृति पनि प्रदान गरेको छ ।

त्यसैगरी सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिको सदस्यमा प्राध्यापक श्रीराम रामकृष्ण, संगीता सिंह, प्राध्यापक पुष्करमान बज्राचार्य, प्राध्यापक सुजान फ्राटियार, प्राध्यापक नामपेर अमेरिका, प्राध्यापक सुर्दशनराज तिवारी, पदम ज्योति, लोचन ज्ञवाली, डा. सन्दुक रुईत र भानुप्रसाद आचार्यलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ । बैठकले तिलगंगा आँखा स्वास्थ्य शिक्षाका लागि विधेयक तर्जुमा गर्नका लागि स्विकृति दिएको छ ।

त्यस्तै, जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि करिव १८३ दशमलव ८० रोपनी जग्गा प्राप्त गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणलाई स्विकृति प्रदान गर्ने निर्णय पनि गरेको छ । मन्त्रीपरिषद बैठकले बुटवल–गोरुसिंङ्गे–चन्द्रोटा सडकको विस्तारित सडक सीमा भित्रका घर, टहरा हटाई क्षतिपूर्ति दिने तथा सो प्रयोजनका लागि जग्गा प्राप्त ऐन २०३४ को दफा ५ बमोजिम सो सडक खण्डको सडक योजना प्रमुखलाई प्रारम्भिक कारबाही चलाउनका निम्ति अधिकारी तोक्न स्विकृति प्रदान पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय