सुर्खेत- सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार बुधबार बिहान ११ः४५ बजे सिम्ताबाट गुमीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकमा पल्टिएको हो।
दुर्घटनामा घाइते भएकाहरूलाई कर्णाली प्रदेश अस्पताल कालागाउँ, कर्णाली केयर अस्पताल, माया अस्पताल र मेहेलकुना अस्पतालमा उपचारका लागि लगिएको छ। घाइतेमध्ये केहीको टाउको, ढाड, हात तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्रसिं बोहोराका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।






