पोखरामा दैनिक ४१ हजार लिटर दूध खपत हुने गर्दछ । जसमध्ये ३४ हजार लिटर दूध स्थानीय उत्पादनबाट भएको दावी गर्ने गरिन्थ्यो । तर पोखरा महानगरपालिकाले गरेको अनुगमनले देखाएको तथ्यले स्थानीय दूध भनेर विक्री हुने धेरै दूध तराईबाट आयात गरिएको भेटिएको छ । यसरी मिसावटको धन्दा चलाउने अरु कोही नभएर गाईभैँसी पाल्ने किसान समेत भएको पाइएको छ । पोखरामा पशुपालन गर्ने तर दूध भने तराईबाट ल्याउँदै विक्री गर्ने गरेको समेत खुल्न आएको छ ।

पोखराका उपभोक्ताहरुले सेतो दूधमा कालो धन्दा हुँदै आएको गुनासो गरेपछि पोखरा महानगरपालिकाले यसको सम्बोधन गर्न बजार अनुगमन ग¥यो । अनुगमनका क्रममा तराईबाट ल्याएको दूधलाई ‘स्थानीय दूध’ भन्दै विक्री वितरण गर्ने गरेको पाइएको छ। अनुगमनका क्रममा, विभिन्न डेरी पसलले तराईबाट ल्याएको दूधलाई आफ्नो फर्मको उत्पादन भनेर बिक्री गरिरहेको तथ्य बाहिर आएको छ। ग्लोबल डेरीका संचालक निर्मल भण्डारीले तराईबाट ल्याएको दूध पोखरामा ८ वर्षदेखि व्यवसाय गरिरहेको पुष्टि गरेका छन्। कपिलवस्तुबाट दूध संकलन गरेर पाल्पा हुँदै पोखराका विभिन्न डेरी पसलमा विक्री गरिने गरेको छ भने बाँकी दूध पोखरामा ल्याइने गरेको भण्डारीको भनाइ छ। अनुगमन टोलीले पोखरा–१०, हस्पिटलचोक स्थित ढोंडबेंसी डेरी तथा बेकरीमा पुग्दा ‘हेमजा गाई फार्मको लोकल दूध’ भन्दै विक्री भइरहेको पत्ता लगायो । पसलले हेमजा गाई फार्मबाट २ सय ४० लिटर दूध ल्याएको दाबी गरेको थियो । तर फ्रिजमा ग्लोबल डेरीको दूध दही बनाउन राखिएको भेटियो ।

यसैगरी, पोखराको ठूलो प्रशोधन केन्द्र सफल डेरीमा पनि अनुगमन गरि दूधको नमूना परीक्षणका लागि लगिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार अनुगमन गरिएका पसलहरुबाट संकलन गरिएको नमूनाको परीक्षणपछि थप कुरा पत्ता लाग्नेछ ।

खाद्य निरीक्षक, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको अनुगमनका क्रममा पोखरा–१२ स्थित सागर नर्सरी एण्ड एग्रो प्रोडक्ट र पोखरा–५ स्थित हेमजा गाई फार्ममा इजाजत नलिइकन दूग्धजन्य पदार्थ उत्पादन भइरहेको पाइएको छ । पोखरामा दैनिक ४१ हजार लिटर दूधको खपत हुने अनुमान छ, जसमा ३४ हजार लिटर स्थानीय उत्पादन भएको दाबी गरिन्छ भने बाँकी छिमेकी जिल्लाबाट ल्याइन्छ । उपभोक्ताले स्थानीय फर्ममा उत्पादन भएको खुल्ला दूध उपभोग गर्न रुचाउने हुँदा त्यसैको फाइदा उठाउदै व्यवसायीले छोटो समयमा धेरै कमाउने धन्दामा दूधको मिसावट गरेर विक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय