काठमाडौं । सरकारले हेटौंडा कपडा उद्योग फेरि सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि परीक्षण उत्पादनको काम भइरहेको जनाएको हो । सरकारले २०८३ साल असार १८ गते हेटौंडा कपडा उद्योग फेरि सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारको पुनः सञ्चालन गर्ने निर्णय गरेसँगै अर्थ मन्त्रालयबाट बजेट निकास भइसकेको जनाइएको छ ।

पछिल्लो समयमा ७ वटा बन्द भएका अथवा रुग्ण उद्योगको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन कार्य रिपोर्ट बनाउने काम भइरहेको मन्त्रालयले जनाएको हो । कसरी सञ्चालन गर्ने भन्नेबारेमा भने रिपोर्ट आएपछि मात्रै तय हुने भएको छ ।

२०६९ साल माघ १२ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट खारेजीमा गएको हेटौँडा कपडा उद्योग फेरि सञ्चालनको लागि परीक्षण उत्पादन गर्न यहि असार १८ गतेको बैठकबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय