मलेसियन कम्पनी आजिएटा ग्रुप बरहादले १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको ८० प्रतिशत सेयर ६ अर्ब ६५ करोडमा बिक्री भएको छ । बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले आफ्नो ८० प्रतिशत शेयर खरिद गरेको आजिएटाले विज्ञप्तिमार्फत जनाएको छ ।

स्पेक्ट्रलाइटका सञ्चालक सतीशलाल आचार्य हुन् । एनसेलमा हाल २० प्रतिशत शेयर स्वामित्व भएको सुनीभेरा क्यापिटल भेन्चर प्रालिमा समेत आचार्य परिवारको लगानी छ । यसअघि आजिएटाले नेपालमा व्यावसायिक चुनौतीहरू बढ्दै गएकाले नेपालबाट बाहिरिने निर्णय गरेको घोषणा गरेको थियो । आजिएटाले कुल ५ करोड अमेरिकी डलर (६ अर्ब ६५ करोड रुपैयाँ) मा शेयर बिक्री गरेको र यसमध्ये ५० लाख अमेरिकी डलर ६ महिनाभित्र भुक्तानी गर्नुपर्ने खरिद सम्झौता भएको उल्लेख गरेको छ । वित्तीय क्षेत्रमा एनसेलको सकिनै लागेको अनुमतिपत्रको मुद्दा, नवीकरणका लागि चाहिने ठूलो धनराशि र दूरसञ्चार कम्पनीको घट्दो आम्दानीका कारण आजिएटा बाहिरिएको अनुमान गरिएको छ ।

१६ भदौ २०६१ मा एनसेलले जीएसएम मोबाइल सेवाका लागि अनुमति प्राप्त गरेको थियो । आजिएटा भने सन् २०१६ मा नेपालमा भित्रिएको थियो । त्यो बेला १ अर्ब ३६ करोड अमेरिकी डलर (त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँ) मा एनसेलको शेयर आजिएटाले किनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय