सरकारले एक सयदेखि ३ सय बेडसम्म बेड भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वास्थ्य मन्त्रालयले उक्त निर्णय गरेको जानकारी गराएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र सम्बन्धित निकायसँग पटकपटक छलफल गरेपछि आफूले सो नीतिगत निर्णय लिएको उनले बताए । मन्त्री बस्नेतले ३ सय भन्दा बढि बेड भएका सरकारी अस्पतालहरुमा भने एमबीबीएसको पनि पठनपाठन हुनेगरी सम्बन्धित निकायसँग छलफल गरिएको पनि बताए । मन्त्री बस्नेतले आफूले स्वास्थ्य क्षेत्रमा पर्याप्त सुधारको काम गरेको दाबी समेत गरे ।






