काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताउनु भएको छ । काठमाडौं वरपर करिव एक सय रोपनी जग्गा सरकारले उपलब्ध गराए महानगरपालिकाले त्यसमा क्रिकेट मैदान बनाउने पहल गर्ने शाहको भनाइ छ ।
एशिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका पुग्नु भएका मेयर शाहले सामाजिक सञ्जाल मार्फत रंगशाला बनाउन पहल गर्ने बताउनु भएको हो ।






