

अर्घाखाँचीको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्घामा ऐतिहासिक लाखे नाँच प्रदर्शन गरिएको छ । अर्घा भगवती देवीको मन्दिर अर्थात ऐतिहासिक अर्घा दरबारमा नाच प्रदर्शन गरिएको हो । श्री कृष्ण जन्माष्टमीको दिन यो स्थानमा परापूर्वकालदेखि लाखे नाच प्रदर्शन हुँदै आएको छ । लाखे नाचेमा भगवान शिव र भगवती देवी खुसी हुने धार्मिक विश्वास छ ।






भगवान शिवलाई निन्दा गर्ने दक्ष प्रजापतिलाई युद्धमा पराजीत गरेको खुशीयालीमा लाखे नाच देखाउने गरिएको स्थानीय बताउछन । भगवान शिवको प्रतिकको रुपमा काल भैरव जस्तै गरि लाखे नाचिन्छ । पञ्चेबाजाको तालमा नाचिने यो नाँच हेर्न अर्घाखाँची संगसंगै आसपासका जिल्लाका मानिसहरु समेत पुग्ने गर्दछन । यो नाचलाई कालिका नाँच, काल भैरव नाँच, लगायतको नामले समेत चिनिन्छ ।