काठमाडौं । काठमाडौंको गैरीगाउँमा भएको सामूहिक हत्या अनुसन्धानका लागि संयुक्त टोली गठन गरिएको छ ।

घटना अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रभुख एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा संयुक्त अनुसन्धान टोली बनाइएको हो । टोलीमा काठमाडौं परिसरका डीएसपी हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसी, बानेश्वर बृत्तका प्रहरी इन्सपेक्टर विरेन्द्र केसी रहेका छन । शुक्रबार मध्यराति धारिलो हतियार प्रहार गरी गैरीगाउँस्थित दिव्य सःमिलका सुरक्षागार्ड कुमार भुजेल, उनकी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीय शुभद्रा भुजेल र सोही मिलमा काम गर्ने मोरङका अन्दाजी १९ वर्षका नवीन राईको हत्या भएको थियो । घटना अनुसन्धानमा प्रहरीले नवीनका आफन्तसमेत रहेका मोरङका २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ ।

साथै थप केही व्यक्तिलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय