संसदमा दर्ता भएको शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै देशैभरका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन विषयमा विधेयकलेसम्बोधन गर्न नसकेको आन्दोलनरत शिक्षकको भनाइ छ ।

संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलनको सुरुवात गरेको छ । विधेयकमा उल्लेख गरिएका कतिपय नीतिहरु शिक्षकहरुको हित विपरित रहेको भन्दै शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेका हुन ।

संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई पालिकामातहत राख्ने व्यवस्था गरेको छ । यो व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै विद्यालय बन्द गरी आन्दोलन थालेको हो । शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन विषयमा समेत विधेयकले कुनै सम्बोधन गर्न नसकेको महासंघको बुझाइ छ ।

विधेयकमा विभिन्न १८ बुँदे असहमति शिक्षकहरुका छन । प्रदर्शनमा विभिन्न राजनीतिक दल सम्बद्ध शिक्षक संगठन र विद्यालय कर्मचारीको पनि ऐक्यबद्धता रहेको छ । आन्दोलनका लागि काठमाडौं आएका शिक्षक माग पुरा नभएसम्म विद्यालय नफर्कने अडानमा छन ।

शिक्षक महासंघले बिहीबारदेखि सबै सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको छ । आन्दोलनको कारण देशभरका करिव ३० हजार विद्यालय ठप्प हुनेछ भने करिव ७० लाख विद्यार्थी पढ्नबाट वञ्चित हुनेछन् । त्यस्तै देशभर स्थायी, अस्थायी र राहत गरी १ लाख ५७ हजार ३ सय ५४ शिक्षक कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय