काठमाडौं । सिन्धुलीबाट काठमाडौं आइरहेका ००१ ज ००६२ नम्बरको इलेक्ट्रिक जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा जीप दुर्घटना भएको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । कमलामाईकी निरकुमारी चालिसे, कमला घिमिरे, राजन कार्की, सरोज थापा, मुकुन्द थापा, भुवन थापा, बविता देवकोटा, विष्णु ढकाल र निश्चल ढकाल अनि बनेपाकी गार्की बस्नेत घाइते भएका हुन । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार थिए । आन्दोलनका लागि काठमाडौं आउदै गरेको शिक्षक सवार जीप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।






