रसुवा – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षणका लागि स्याफ्रुबेँसी पुग्नुभएको छ। भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षति पुगेको स्याफ्रुबेँसी नजिकैको प्रभावित क्षेत्रमा उहाँले सोमबार स्थलगत निरीक्षण गर्नुभएको हो।

अवलोकनका क्रममा अध्यक्ष प्रचण्डले बाढीबाट भएको क्षति, स्थानीय बासिन्दाको अवस्था तथा पुनरुत्थानका प्रयासबारे प्रत्यक्ष जानकारी लिनुभएको थियो। त्यसैगरी, उहाँले बाढीबाट प्रभावित नागरिकहरूसँग भेटघाट गरी उनीहरूका समस्या, गुनासा तथा कठिनाइहरू सुन्नुभएको थियो। बाढीबाट प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न र स्थानीय बासिन्दाका समस्या जानकारी लिन अध्यक्ष प्रचण्ड स्थलगत अवलोकनमा पुग्नुभएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय