काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले व्यवस्थालाई दोष दिने बेला नभएको बताउनु भएको छ । बसोबास दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले संघीयता प्राप्त गरेपनि कानूनी र संवैधानिक रुपमा व्यवस्था गरिएपनि व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको स्वीकार समेत गर्नुभयो । मन्त्री गुरुङले करिव ४० वटा संघीय कानून बनाइसेपछि अहिले भएका सबै समस्याको हल हुने दाबी समेत गर्नुभयो ।
मन्त्री गुरुङले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि बढाइए पनि कार्यान्वयन लैजान नसकिएको पनि स्वीकार गर्नुभयो । उहाँले व्यवस्थित शहरका लागि शहरी विकास नीति आवश्यक रहेको पनि औल्याउनु भयो ।






