काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपालाई तपाईँहरूले प्रधानमन्त्री, गृहमन्त्रीलाई किन जवाफदेही बनाउन सक्नुभएन भनेर प्रश्न गरेका छन । संविधान दिवसका अवसरमा कैद मिनाहा गरिएको विषयमा ध्यानाकर्षण गराउन गएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डलसँग सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई आफूले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारे । राष्ट्रपति पौडेलले ‘हाम्रो संविधान, हाम्रो गणतन्त्र र हाम्रो संसदीय व्यवस्था तपाईँहरूले बुझ्नुभएको छैन भन्ने मलाई लाग्दैन,’ भन्दै ‘तपाईँहरू संसदमा हुनुहुन्छ, सरकार पनि संसदमा नै छ, त्यहीँ तपाईँहरूले प्रधानमन्त्री, गृहमन्त्रीलाई किन जवाफदेही बनाउन सक्नुभएन र सोझै यहाँ आउनुभयो ? अलिकति यो संविधान र व्यवस्था अनुसार प्रक्रिया मिलेन कि जस्तो लाग्यो ।’ भनेका हुन । रास्वपाको प्रतिनिधि मण्डल आएको उल्टो भयो कि जस्तो लागेको राष्ट्रपतिले बताए ।राष्ट्रपतिले भने कैद मिनाहाको जस अपजसको भागी सरकार नै हुनुपर्छ ।

संविधान दिवसका दिन तरुण दलका पूर्वनेता रिगल भनिने योगराज ढकाल समेतले माफी पाएको बिषय लाइ लिएर रास्वपा राष्टपतिकोमा पुगेको हो । रास्वपाका सभापति रवि लामिछानेले अभिभावकको हैसियतले सरकारको ध्यानाकर्षण गराईदिनका लागि आग्रह गर्न राष्ट्रपति समक्ष आएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय