काठमाडौ । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश कमिटी प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदै छ ।मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता , बिहान साढे ११ बजे उम्मेदवारको प्रारम्भिक नामावलीे प्रकाशन, साढे १२ बजेदेखि २ बजेसम्मको समय उम्मेदवारी फिर्ता, दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र बेलुकी ५ बजेदेखि मतदान सुरू हुने निर्वाचन कमिटीको निर्वाचन तालिका रहेको छ ।

 

एमालेको सुदूरपश्चिम अध्यक्षका लागि अछामका कृष्णप्रसाद जैसी र कमल तिमिल्सिना साथै कञ्चनपुरका बचनबहादुर सिंहको दावी रहने छ । एमालेले लुम्बिनी, बागमती, कर्णाली, कोशी, गण्डकी, उपत्यका विशेष प्रदेश कमिटी अधिवेशन गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय