भूकम्पका कारण जाजरकोटका तीन वटा सरकारी कार्यालयको सेवा अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय भग्नावशेषमा परिणत भएपछि सेवा अवरुद्ध भएको हो । भूकम्पका कारण सरकारी कार्यालयहरू पूर्ण क्षतिग्रस्त भएपछि आइतबारदेखि सेवा प्रवाह हुन सकेको छैन । भेरी नगरपालिका–३, माथिल्लो थाप्लेमा रहेका नापी कार्यालय, मालपोत कार्यालयमा भग्नावशेषमा परिणत भएका छन ।

जिल्ला प्रशासन कार्यालय घरका भित्ता फाटेर चिरा पारेपछि बस्न र भित्र पस्न नसकिने अवस्था छ । दुई वटा कार्यालयको सेवा अनिश्चित छ । नापी कार्यालयले उद्धार गरेका केही सामग्री शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयमा सारिएको छ । सर्वसाधारणसँग सम्बन्धित महत्वपूर्ण कार्यालय भूकम्पले ध्वस्त पारेपछि सेवाग्राही समस्यामा परेका छन ।

अस्थायी आवास निर्माण गरी मङ्सिर दोस्रो सातादेखि सेवा प्रवाह गर्न सकिने जनाइएको छ । सबै जनशक्ति भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गर्ने कार्यमा केन्द्रित भएकाले तिहारअघि सार्वजनिक सेवा दिन नसकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय