साल्ट ट्रेडिङ कर्पोरेसनले स्थानीय व्यापारीलाई २० बोरासम्म चिनी बिक्री गर्न थालेको छ । कर्पोरेसनले व्यापारीलाई थोक चिनी बिक्री थालेको हो । कर्पोरेसनले यसअघि ८ वटा बिक्री केन्द्रमार्फत सर्वसाधारणलाई प्रतिव्यक्ति २ किलोको दरले चिनी बिक्री गरेको थियो । हाल थोक तथा खुद्रा व्यापारीलाई नै बिक्री गर्न थालेको हो । स्थानीय रूपमा सरकारले व्यवस्थान गरेको चिनी कर्पोरेसनमार्फत बेच्न थालिएको हो । महोत्तरी रामनगरमा अवस्थित एभरेस्ट चिनी मिलबाट ल्याइएका तीन हजार टन चिनी व्यापारीलाई दिन थालिएको छ । मिलबाट खरिद गरेको मूल्यमा ढुवानी भाडा र बिमा खर्च जोडेर चिनी व्यापारीलाई दिइएको छ । कर्पोरेसनले मिलको भाउमा नाफा नराखी प्रतिकिलो १ सय १२ रुपैयाँ ५० पैसाका दरले चिनी बिक्री गरेको छ । यसबाट प्रतिकिलो १ सय ६० रुपैयाँसम्म पुगेको चिनीको मूल्य नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

भारतको रक्सोलमा प्रतिकिलो चिनी ६५ रुपैयाँ छ । यता बारा, पर्सासम्म चिनीको मुल्य प्रतिकिलो ८० देखिएकसय रुपैयाँ छ भने सोही चिनी काठमाडौसम्म आइपुग्दा प्रतिकिलो १ सय ८०रुपैयाँसम्म उपभोक्ताले तिर्न बाध्य भएका छन । देशभर चिनीको माग करिव ३ लाख मेट्रिक टन छ । विराटनगर, कपिलवस्तु,बारा, रौतहट, सर्लाहीमा गरी देशभर एक दर्जन चिनी मिल सञ्चालनमा छन् । तर उनीहरुको उत्पादन करिव डेढ लाख मेट्रिकटन मात्रै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय