सुर्य देवताको पुजा उपासना गरी मनाईने छठपर्वकालागि सिन्धुलीमाडीको गौमती नदी किनारमा मधेशी र पहाडिया एक साथ मलिेर छठघाट बनाएका छन् । विगतमा तराईका जिल्लाहरुमा मनाईने छठपर्व पछिल्लो समयमा मध्यतराई र पहाडी क्षेत्रमा समेत तराई र पहाडिया मूलका सबै जात जातीका मानिसहरु मिलेर एक साथ मनाउन थालेपछि सिन्धुलीमा समेत सो चलन शुरु भएको छ ।
भित्री तराईमा पर्ने सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडी लगाउत भिमान,दुधौली,डकाहा,कपिलाकोट लगाएतका स्थानहरुमा यसवर्षको छठपर्व मनाउन तराई र पहाडिया मूलका मानिसहरुले एकै साथ छठ घाटको निर्माण गरेका थिए । मधेशी र पहाडिया समुदायका महिला र पुरुषहरु मिलेर छठकालागि आवस्यक सर सामग्रीहरुको समेत एक साथ बजारमा किनमेल गरी व्यवस्था गरी श्रद्दा,श्रक्ति र निष्ठापुर्वक गौमती छठीया घा“टमा भोली अस्ताउदो सुर्यलाई अर्घ दिएर छठ शुरु गर्ने भएका छन् ।



छठ पर्वको दोस्रो दिन, व्रतालुहरूले नुहाएर चोखो भई सा“झपख खीर बनाएर चन्द्रमालाई चढाएर खरना मनाईने धार्मिक चलन छ ।अरबा नुहाय–खाएर विधिलाई पूरा गरिएको छ भने व्रतालुहरुले निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसाद स्वरुप खाने प्रचलन रहेको छ ।



