गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि वालीका हत्याका आरोपित एक व्यक्ति पुर्पक्षको लागि जेल चलान भएका छन । जिल्लाको चन्द्रकोट गाउँपालिका –४ शान्तिपुरकी १५ बर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका बाँके खजुरा गाउँपालिका–७ का २३ बर्षीय रहिस खाँ पुर्पक्षका लागि सोमबार जेल चलान भएका हुन ।

गत कात्तिक १७ गते उक्त वालीकाको शान्तिपुर घर नजिकैको हुँग्दीखोलामा नग्न र डुबेको अवस्थामा शब फेला परेको थियो । वालीकाको दर्दनाक अवस्थामा खोलामा शब फेला परेपछि स्थानीयहरु बलात्कारपछि हत्याको आशंका गर्दै बिरोध र प्रर्दशनमा उत्रीएका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नविन किशोर प्रधान सहितको प्रहरीको टोली तत्काल घटनास्थल पुगेर अनुसन्धानपछि संकास्पद व्यक्ति खाँलाई नियन्त्रणमा लिएको थियो । मृतक वालीका शान्तिपुरको श्रीलङ्काटोलमा आमासँग भाडाको घरमा बस्दै आएकी थिइन् ।
आमासँग घर नजिकैको खेतमा काम गर्न गएकी उनी कात्तिक १६ गते बिहान ११ बजे खेतलालाई सुर्ति किन्न बजार गएपछि सम्पर्क बिहीन बनेकी थिईन । स्थानीय र परिवारले बलात्कारपछि हत्या गरेको आरोप लगाउँदै गएका छन् ।

गुल्मी प्रहरीले घटनामा संलग्न भएको आरोपमा खाँलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि गुल्मी अदालत पेश गरेको थियो । जिल्ला अदालत गुल्मीले सोमबार खाँलाई पुर्पक्षको लागि जिल्ला कारागार गुल्मी चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिल्लीनारायण पाण्डेयले जानकारी दिए । हत्याका आरोपि खाँलाई प्रहरीले गत कात्तिक १७ गते चन्द्रकोट गाउँपािलका ‐४ अन्र्तगत शान्तिपुरबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय