प्रेस काउन्सिलका सदस्य ठाकुर बेल्बासेले अनलानलाई थप व्यवस्थित गर्न प्रेस काउन्सिल लागि परेको बताएका छन् ।उनले दर्ता बिना पनि अनलाइन संचालन गरेको पाएकाले ती मिडिया कानुनी दायरामा ल्याउन पहल समेत गरेको बताए ।प्रेस काउन्सिल नेपालको आयोजनामा पत्रकार आचारसंहिता जागरण कार्यक्रममा अन्तर्गत पत्रकार महासंघ अर्घाखाँची शाखको संयोजनमा सन्धिखर्कमा भएको कार्यक्रममा बोल्दै वेल्वासेले यस्तो बताएका हुन्।

काउन्सिलले गर्ने गरेको कारबाही र निर्णय, खण्डन ध्यानाकर्षण, क्षमायाचनाको निर्देशन, सचेतताको लागि पठाइने पत्र जस्ता विषयमा समेत सदस्य बेल्बासेले जानकारी गराएका थिए । सदस्य शरद अधिकारीले युट्युवलाई पनि व्यवस्थीत गर्नेमा आफुहरु लागि परेको बताए। युट्युवका पनि विभिन्न उजुरी पर्ने गरेका छन । हेरेर कारबाही गर्दै आएको उनले बताए । काउन्सिलमा सबै सञ्चार माध्यमको अभिलेखिकरण हुने र अनलाइनमार्फत उजुरी दिन सकिने व्यवस्था गरिएको काउन्सिलका मुख्य अधिकृत झबिन्द्र बताएका हुन।

पत्रकार आचारसंहिता जागरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, पत्रकार महासघं लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य,पुर्व अध्यक्ष शोभाखर पन्थी,हिम बहादुर जिसी लेकाली,लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो । यस्तै अर्घाखाँची जिल्लामा संचालित अधिकामश मिडियाहरु कोरोना पछि धराय सयमा पुगेको मिडिया संचालक तथा पत्रकारले गुनासो राखेका थिए ।हाल जिल्लामा संचालन भएका १० वटा रेडियो ,१३ वटा अनलाइन लगायतका मिडियाहरु संचालनमा चुनौती थपिदै गएको बताएका हुन ।

पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालको स्वागत मनतब्य र सहसचिब हृदय कुमार भुसालको संचालनमा सम्पन्न भएको थियो । स्वस्थ,स्वच्छ,स्वतन्त्र,मर्यादित पत्रकारितामैत्री प्रेश काउन्सिल नेपाल नारा भन्ने मुख्य नारा सहित जागरण कार्यक्रम संचालन गरेको काउन्सिलले पत्रकारीताका मुल्य,मान्यता र प्रचलित कानुन र संहिताबारे जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय