दिक्षान्त समारोहका लागी आवश्यक पर्ने गाउन, टोपी र स्कार्फ लिन त्रिभुवन विश्वविद्यालय परिसरमा विद्यार्थीहरुको भिड लागेको छ । त्रिभुवन विश्वविद्यालको ४९ औं दिक्षान्त समारोहका लागी त्रिवि परिसर बल्खुमा विद्यार्थीहरुको भिड लागेको हो । त्रिविले मसिंर २४ गतेदेखि नै गाउन र स्कार्फ परीक्षा नियन्त्रण कार्यालय बल्खुमा वितरण खुल्ला गरेको हो ।

दिक्षान्त समारोहमा सहभागि हुने विद्यार्थीहरुले ३० गते भित्र विहान १० बजेदेखि ४ बजेसम्म गाउन, स्कार्फ लगायतका साम्रागी लिन सक्नेछन् । दिक्षान्त समारोहमा दिक्षान्त पदक पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरू सबभन्दा अगाडिको लाइनमा आफ्नो नाम तोकिएको स्थानमा बस्नुपर्ने त्रिविले जनाएको छ । दिक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरू पुस २ गते बिहान ८ बजेदेखि १० बजेभित्र समारोहस्थल अर्थात दशरथ रङगशालामा प्रवेश गरिसक्नुपर्ने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय