पाल्पा- योमरी पुर्णिमाको अवशरमा तानसेको टक्सारमा योमरी महोत्सव हुदै छ । यही पुस ७ गते शनिबार तानसेन नगरपालिका वडा नंं ३ टक्सार टोलमा योमरी महोत्सव हुन लागेको हो । पछिल्लो समय स्थानीय परिकार, भेषभुषा कला संस्कृती परम्परा संस्कार हराउँदै गएको अवस्थामा पचिहान जोगाउँदै इतिहासबारे युवा पुस्तामा जानकारी गराउन योमरी महोत्सव गर्न लागिएको मैत्री क्लव क्लवकी अध्यक्ष मनिता शाक्यक ले जनाएको छ ।

नेवारी भाषामा यो भनेको मनपर्ने मरी भनेको रोटी, नेवारीमा सबैभन्दा मनपर्ने रोटको रुपमा योमरीलाई लिने गरिन्छ । खासगरी नेवारी समुदायमा नयाँ धान भित्राएपछी घरमा भकारी वा धन्सार बनाएर राख्ने मंसिर पुर्णिमाको दिन सोही नयाँ धानको रोटी बनाएर परिवार, आफन्त, इष्टमित्रलाई बाड्ने आफु पनि खाने परम्परा रहेको पाईन्छ ।

काठमाडौं र भक्तपुरबाट बसाई सराई गरेर पाल्पा आएका नेवारी समुदायका बुढापाकाले चलन चल्ती संस्कार, बिधी परम्पराहरुलाई जोगाउन खोजेपनि युवा पुस्तामा परम्परागत कला संस्कृती रहन सहन भेषभुषा हस्तानतरण गर्न, एक पुस्ताबाट अर्काे पुस्तामा सिक्न र सिकाउन पनि तानसेनको टक्सारमा योमरी महोत्सव गर्न गरी कार्यक्रमका गएको । टक्सार टोल विशेष गरी नेवारी बस्ती रहेको मैत्री क्लवले लामो समयदेखी सामाजिक काममा सक्रिय रहँदै आएको र स्थानीयकला संस्कृती जोगाउन महोत्सव जस्ता कार्यक्रम गर्दै आएको । महोत्सवमा ३ वटा योमरीको १ सय रुपैँया, नेवारी खाजा सेटको २ सय रुपैँया दररेट तोकिएको छ । महोत्सवमा नेवारी संस्कृति सहित नृत्य तथा कला प्रदर्शन, नेवारी खानाको परिकार योमरी लगायतको स्टल प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय