काठमाडौं । वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा निधन भएको छ ।
दमबाट पीडित पोखरेलको सोमबार काठमाडौंमा निधन भएको हो । छोरा विदेशमा रहेकाले छोरा आएसँगै उहाँको अन्त्येष्टि गरिने परिवारजनले जानकारी दिएका छन् । उहाँका दुई छोरी र एक छोरा छन् ।



धनकुटाको कचिँडेमा जन्मिनुभएका पोखरेल पत्रकारिता क्षेत्रमा ४० वर्ष बिताएका थिए । पोखरेल गोरखापत्र दैनिक र मधुपर्क मासिकको कायम मुकायम सम्पादकको रुपमा काम गर्नुभयो । साथै उहाँ गोरखापत्रकै सह–प्रकाशन बालपत्रिका मुनाको संस्थापक प्रधान सम्पादक समेत हुनुहुन्थ्यो ।
राष्ट्रिय समाचार समितिका सम्पादकसमेत रहनुभएका पोखरेल नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक सदस्य सचिव र अध्यक्षसमेत रहनुभयो ।



