धरान- बढुवा प्रक्रियालाई लिएर आन्दोलित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारी, शिक्षक तथा चिकित्सकहरुले ओपिडी लगायतका चावी अस्पताल प्रशासनलाई बुझाएर आन्दोलनमा उत्रिएका छन् । चावी बुझाएर चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएपछि प्रतिष्ठानमा हुने उपचारसहितका अन्य सेवा प्रभावित भएको छ । बढुवा प्रक्रिया अगाडि बढाउन माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका उनीहरुले प्रतिष्ठानको आकस्मिक कक्ष, ल्याब, एक्सरे बाहेकका सम्पूर्ण सेवा बहिष्कार गर्दै अस्पताल निर्देशकलाई चाबी बुझाएका हुन् । उनीहरले माग पूरा नहुन्जेल निमित्त उपकुलपतिको कार्यकक्ष अगाडि धर्नालाई निरन्तता दिने घोषणा समेत गरेका छन् ।

अस्पताल प्रशासनले पौस २ देखि १५ गतेसम्म बाँकी प्रक्रियामा रहेकाहरुको बढुवा गर्ने भने पनि वेवास्ता गरेपछि कर्मचारी, शिक्षक र चिकित्सकहरुले शुक्रबारदेखि संयुक्त आन्दोलन थालेका हुन् । आन्दोलनका कारण अस्पतालको सेबा बन्द हुदा टाढा टाढाबाट उपचारका लागि पुगेकाहरु मर्कामा परेका छन् ।

धरानका राजनीतिक दल र स्थानीय सरकारले समेत समस्या समाधानका लागि पहल गरेपनि निकास निस्कन नसक्दा प्रतिष्ठानको शैक्षिक, आर्थिक अवस्थामा प्रभावसँगै उपचारमा आएका विरामीहरुले समेत समस्या भोग्नु परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय