दाङ र तनहुँमा भएको छुट्टाछुट्टै दुर्घटनामा चार जनाको ज्यान गएको छ । ग.१ ख ४१८१ नम्बरको मिनी ट्रक दमौलीबाट छिपछिपेतर्फ जाँदै गर्दा देवघाट गाउँपालिका–२ मा सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेको थियो ।

ज्यान गुमाउनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यसैगरी दाङको लमही नगरपालिका–९ रिहारमा यात्रुबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । प्रदेश ३–०१००५ख९७१९ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा मधुवन नगरपालिका–२ अमरपुरका युवराज चौधरी र बर्दियाको गेरुवा गाउँपालिका–१ का भीमनाथ योगी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय