पूर्वराजा ज्ञानेन्द्र शाहले राजपरिवार हत्याकाण्डमा आफ्नो परिवारलाई जोडेर भ्रमको बादल विच्छाउने काम भइरहेको बताउनु भएको छ ।

वीरगंजमा आयोजित नागरिक अभिनन्दनमा पूर्वराजा शाहले राज्यव्यवस्था, राजनीति, अर्थ व्यवस्था र सामाजिक दुरावस्थाको मूल्यांकन गरेर सुधार, उपकार, विकास र निकासको बाटोमा लाग्न सबैलाई आह्वान समेत गर्नुभएको छ । शाहले युवा शक्ति दैनिक रुपमा विदेश पलायन भइरहेकोमा पनि चिन्ता व्यक्त गर्नुभयो । उहाँले मधेशको मरुभूमिकरण, तराई मधेसको समथर उब्जाउ फाँट हाम्रो गौरवशाली इतिहास रहेको स्मरण गर्दै उद्यम, इलम, बजार र व्यवसायको आधार तराईको छुट्टै पहिचान, पौरख र प्रतिष्ठा बनेकोमा दुई तीन दशक यता मधेश उजाड बन्दै जानु थप चिन्ताको विषय भएको समेत उल्लेख गर्नुभयो ।

पूर्वराजा शाहले आफूले सत्ता छाड्दा बताएको सनातनदेखि कायम रहेको सुमधुर सामाजिक सम्बन्ध बिथोलेर देशको भलो नहुने विचारमा आफ्नो अडान कायमै रहेको तर्फ सबैको ध्यानाकर्षण गराउनु भयो ।

बारा, पर्सा, रौतहट र सर्लाही र मकवानपुरमा भएका धार्मिक कार्यक्रममा सहभागिता जनाउन सिमरामा पुग्नुभएका पूर्वराजा शाहलाई विभिन्न नौ वटा संघ संस्थाहरुले सामुहिक अभिनन्दन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय