वीरगञ्ज- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताएकाछन् । वीरगन्जमा आयोजित स्थनिय तह प्रमुखहरु सितको सम्वाद कार्यक्रममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने बताए।



प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुने र यसमा क्रान्ति नै गर्न खोजिएको छ बताए । आफ्नो ध्यान आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामुखी नीति, कार्यक्रम र बजेट निर्माणमा गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ‘आमूल सुधार’ गरिने विश्वास दिलाए। नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवम् मन्त्रालयहरूको पनि रायसुझाव लिइने बताउँदै प्रधानमन्त्री प्रचण्डले अब नयाँ तवरले सरकार अगाडि बढ्ने पनी बताए ।
पुराना योजना पूरा नहुँदै नयाँ योजना निर्माण गर्ने प्रवृत्तिलाई निराकरण गर्ने योजनामा सरकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले केही सीमित मात्रामा अत्यन्त आवश्यक मात्र नयाँ योजना बनाएर बजेट निर्माण गर्नेगरी सरकार अगाडि बढेको बताए । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्थानिय तहमा बजेट वाडफाड हुदा विभेद हुने गरेको आरोप लगाएका थिए । उनले स्थानिय तहमा जनशक्तिको कमि रहेको ले सघिय सरकारले जनशक्ती दिनुपर्ने अन्यथा स्थानिय तहलाई अधिकार दिनु पर्ने माग गरेका थिए ।



