पाल्पा- शहिद दिवशको अवशरमा नेकपा एमाले तानसेन नगर कमिटी पाल्पाले रक्तदान कार्यक्रम गरेको छ । एमाले तानसेन नगर कमिटीले शहिद दिवशको अवशरमा रक्तदान कार्यक्रम गरेको हो ।एमाले तानसेन नगर कमिटी अध्यक्ष गुराँश आत्रेयले आफैले रक्तदान गरी कार्यक्रमको शुरुवात गरेका थिए । तत्कालीन समयमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द लाई प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएको भन्दै राणा शासकले मृत्यु दण्ड दिई हत्या गरेको थिए । प्रजातन्त्र प्राप्ती पछी माघ १६ गते लाई शहिद दिवशको रुपमा मनाउने परम्परा हाल सम्म रहदै आएको छ ।

२००७ सालको प्रजातन्त्र प्राप्ती देखी हाल सम्मका ज्ञात अज्ञात सहिदहरुको सम्झनामा नेकपा एमालले तानसेनले रक्तदान गरौ, जिवन बचाउ, सहिदहरु लाई सम्मान गरौ, सहिदको भावना अनुसार शासक तथा राजनितिक नेतृत्वले काम गरौ भन्ने अभियानका साथ रक्तदान कार्यक्रमको आयोजना गरेको कमिटी अध्यक्ष गुराँश आत्रेयले बताए ।

युनाटेड मिशन अस्पताल तानसेन पाल्पाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए । जसमा १६ जना पुरुष र ६ जना महिलाले रक्तदान गरेका थिए । कार्यक्रममा सबै भन्दा बढी उमेरका जिल्ला समन्वय समिती पाल्पाका प्रमुख ५८ बर्षिय टंकनाथ खनालले समेत रत्तदान गरे । रत्तदान गर्ने रक्तदाताहरु लाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय