काभ्रे- काभ्रेका करिब २४ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । सरकारले फाल्गुन १३ गतेबाट सन्चालन गर्न लागेको दादुरा रुबेलाविरुद्धको खोप काभ्रेमा दुई चरणमा हुने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

दादुरा रुबेलाविरुद्धको खोप कार्यक्रमको तयारीका बारेमा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा दुई चरणमा खोप कार्यक्रम गरिने जानकरी गराइएको हो । पहिलो चरणमा काभ्रेको बनेपा, धुलिखेल, पाँचखाल, पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका, रोशी, तेमाल, बेथानचोक, भुम्लु, चौरीदेउराली गाउँपालिकामा फाल्गुन १३ गतेबाट पहिलो चरणमा र बाँकी महाभरत र खानीखोला गाउँपालिकामा फाल्गुन २३ गतेबाट दोस्रो चरणमा खोप कार्यक्रम सन्चालन हुने जानकारी गराइएको हो ।

९ महिनादेखी ५ वर्ष उमेर समूहका काभ्रेका २३ हजार ९५८ का बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेकी निमित्त प्रमुख डा. अनिता खनालले जानकारी दिइन् । उनका अनुसार, खोप कार्यक्रमका लागि काभ्रेका १७५ वटा स्वास्थ्य संस्था, ३९३ वटा खोप केन्द्र, ३९३ वटा खोप कार्यकर्ता र ७८६ जना स्वयंसेवकहरु परिचालन गरिनेछ ।

खोप कार्यक्रमका लागि तयारीलाई तिब्र पारिएको उनले जानकारी दिइन् । खोप कार्यक्रममा जिल्लाका खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिका छुट्न नहुने जिल्ला खोप समन्वय समितिका संयोजक दिपक कुमार गौतमले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय