काठमाडौं । साउदीको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा हुने वाफ च्याम्पियनसीप फुटबलको फाइनल खेलमा आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ ।
मंगलबार भएको खेलमा लेवनानलाई २–१ गोलअन्तरले हराउँदै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । खेलको ३८औं मिनेटमा पुजा रानाको आत्मघाति गोलसँगै १–० गोल अन्तरले पछि परेको नेपाल सावित्रा भण्डारीले ७६औं मिनेटमा गोल फर्काएपछि खेल बराबरी हुन पुगेको थियो । खेलको इञ्जुरी समयमा प्रिती राईले प्रहार गरेको बल गोलमा परिणत भएपछि नेपालले लेवनानलाई २–१ गोलले पछि पार्दै फाइनलको यात्रा तय गरेको थियो ।



नेपाल र जोर्डनबीचको फाइनल खेल नेपाली समयअनुसार आज राति पौने १० बजेदेखि हुनेछ ।



