रौतहट– रौतहटको एक मनी ट्रान्सफरमा पेस्तोलसहित आएका व्यक्तिहरूले रकम लुटपाट गरेका छन् । रौतहट परोहा ९ मा रहेको शिव मनी ट्रान्सफरमा सञ्चालक २६ वर्षीय नितेश साहलाई गोली हानी लुटपाट गरिएको हो । कन्चटमा गोली लागेका साहलाई वीरगञ्जको न्यूरो अस्पतालमा उपचारका लागि लगिएको छ । लुटपाटमा संलग्न ३ जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू भारतीय नम्बर प्लेटको अपाची बाइकमा आएको प्रहरीको भनाइ छ । घटना लग्तै घटना स्थल पुगेका रौतहटका एसपी महेन्द्र श्रेष्ठले भारतबाट आएका ३ जनाले मनी ट्रान्सफरमा गोली चलाएर लुटपाट गरेको बताए । लुटिएको रकमको परिमाण भने खुलेको छैन । एसपी श्रेष्ठका अनुसार घटनास्थलबाट कटुवा पेस्तोल र १ थान गोली बरामद गरिएको छ ।

लुटपाटमा संलग्न भारत बिहार मोतिहारिको १७ वर्षका मुनिस यादव १८ वर्षीय राजकुमार पासवान र १७ वर्षीय चन्द्रभान सिहलाइ नियन्त्रणमा लिएको छ भने उनीहरूको साथबाट कटुवा पेस्तोल र गोली बरामद गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय