तनहुँमा बस दुर्घटनामा मृत्यु भएका भारतीय यात्रुहरुको शव भारत लगिएको छ । चितवनको भरतपुर विमानस्थलबाट भारतीय वायुसेनाको जहाजले मृतकको शव लगेको हो ।
शुक्रबार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस सडकबाट मस्र्याङ्दी नदीमा खसेर मृत्यु भएका २७ मध्ये २५ जना भारतीयको शव भारत लगिएको हो । चितवनस्थित भरतपुर विमानस्थल आइपुगेको भारतीय वायुसेनाको केसी ३८१० नम्बरको विमानले २५ वटा शव भारत लगेको हो ।



त्यसैगरी चालक र सहचालकको शव शवबाहनमार्फत गोरखपुर पठाईएको छ । भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले समेत यही विमानमार्फत भारत फर्किनु भएको छ ।



