काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग आफ्नो अन्तिम खेल खेल्दै छ ।
अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा राति सवा १० बजे खेल सुरु हुनेछ ।



लिग टु का एघार खेल खेलिसकेको नेपालले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । तालिकाको सातौं स्थानमा रहेको नेपालको मात्र ५ अंक छ । दश खेलबाट १३ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा छ ।
गत भदौ २५ गते क्यानडा गएको नेपालले त्यही भदौं ३१ र असोज ६ मा क्यानडासँग र असोज २ र ८ मा ओमानसँग खेल्यो । त्यहाँबाट एक अंक बटुलेर अमेरिका गएको नेपालले २ अंकमात्र जोडेको छ ।



