काठमाडौं । आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७ सय रुपैयाँ कायम भएको जनाएको हो ।
यसअघि आइतबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि बढेको छ ।



आइतबार तोलामा १ हजार ९ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा १ हजार ९ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



