पूर्वाराजा ज्ञानेन्द्र शाहलाई दल खोलेर चुनावबाट सत्तामा आउन दलहरूले चुनौती दिइरहेको बेलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा भोटको राजनीति भन्दा माथि रहने संस्था भएको प्रतिक्रिया दिनुभएको छ । आज वीरगञ्जको लालबगलामा आयोजित समारोहलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङदेनले अहिलेका नेताहरुसँग आफू नै चुनाव लड्न पर्याप्त रहेको बताउँदै राजनीतिक दलको राजा नभइ देशको राजा स्थापित गर्न खोजेको बताउनुभएको हो । उहाँले अहिलेका राजनीतिक दलहरु देशभित्रै युवाहरुले गरिखाने वातावरण बनाउनेतर्फ अग्रसर नभएको बताउनुभयो । अहिलेका राजनीतिक दल र नेताहरुले ३५ वर्षको समयमा केही काम गर्न नसकेको बताउँदै उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेश खारेजी गर्ने माग राप्रपाको रहेको घोषणा गर्नुभयो ।

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक दलहरुले देश बर्बाद बनाएको र अब राजसंस्था देशलाई आवश्यक भएको सन्देश दिनुभएको थियो । उक्त सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका राजनीतिक दलका नेताहरुले पूर्वराजा शाहलाई पार्टी खोलेर निर्वाचनबाट आउन चुनौति दिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय