आज मंगलबारबाट लामो इतिहास बोकेको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा विशेषज्ञ मुटुरोग सेवा शुभारम्भ भएको छ । २०८० सालमा मुटु स्वास्थ्य सम्बन्धी उपचार तथा परीक्षणका लागि उपकरणहरु प्राप्त भएको एक वर्षपछि सेवा सञ्चालनमा ल्याइएको हो । सेवा सुभारम्भ भएसँगै बागमती प्रदेश सरकारले मुटुको शल्यक्रिया सेवा विस्तार गर्न सहयोग गरिने प्रतिबद्वता जनाएको छ ।

मकवानपुरको हेटौंडामा पहिलो पटक २०१६ सालमा हेटौंडा अस्पताल सञ्चालनमा आयो । १५ सैयाको वेडपछि २०४९÷५० सालतिर अस्पताल स्तरोनन्ती २५ वेडमा संचालनमा ल्याइएको अस्पतालले अहिले ५ सय वेडमा संचालनमा छन् । तर अस्पताललले महंगो उपकरण र स्टाफ खर्च लागयतका कारण लामो समयदेखि विशेषज्ञ मुटुरोग सेवा सञ्चालनमा ल्याउन सकेको थिएन । टिचिङ अस्पतालमा अध्ययनरत मुटु स्वास्थ्य विशेषज्ञ डा. विकेश श्रेष्ठ अस्पतालमा हाजिर भए लगत्तै सेवा संचालनमा ल्याएको छ ।

रोटरी क्लब अफ मकवानपुरले हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा १ करोड रुपैयाँ मूल्य बराबरको मुटु परीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको थियो । सो उपकरण प्राप्त भएसँगै अस्पतालले मुटु स्वास्थ्य सम्बन्धी विशेषज्ञ डाक्टर नियुक्तिको पहल गरेको थियो । तर, डाक्टर नपाउँदा सेवा विस्तारको काम अघि बढ्न सकेको थिएन । बल्ल डाक्टर पाइएसँगै मुटुरोग सम्बन्धी ओपिडी सेवा, इको, इसिजी, टिएमटि, हल्टर र एविपी सेवा संचालनमा ल्याइएका हुन् । रोटरी क्लब अफ मकवानपुरले मुटुको शल्यक्रिया सेवा विस्तारलाई पनि ८० प्रतिशत सहयोग गर्ने प्रतिबद्वता जनाएको छ । त्यससँगै २० प्रतिशत बागमती प्रदेश पनि सहयोग गरेर उक्त सेवा विस्तारको लागि सहयोग गरिने प्रतिबद्वता जनाएको छ ।

अस्पतालमा मुटु स्वास्थ्य सेवा थप भएसँगै मुटु सम्बन्धी स्वास्थ्य समस्या हुँदा भरतपुर तथा काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको छ । प्रतिष्ठान र अस्पतालले गत वैशाखमा पनि विशेषज्ञ डाक्टर नियुक्तिका लागि आवेदन माग गरेको थियो । माग अनुसार एक जना चिकित्सकको आवेदन परे पनि मापदण्ड अनुकुल नहुँदा नियुक्त गर्न कठिन भएको थियो । प्रतिष्ठानले गत फागुन १३ मा पनि एक जना मुटु स्वास्थ्य विशेषज्ञ नियुक्तिका लागि आवेदन माग थियो । २ जना चिकित्सकबाट हाल उपचार तथा परीक्षण गर्ने र क्रमशः व्यवस्थापन गर्दै आगामी वर्षमा थप विशेषज्ञ सेवासहित शल्यक्रिया लगायतका सेवा विस्तार गर्ने योजना अस्पतालको रहेको छ । तर अहिले पनि एक जना मात्र चिकित्सक खटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय