असत्यमाथि सत्यको जितको प्रतिकस्वरुप आज मधेस प्रदेशका सप्तरी सिरहा सहितका जिल्लामा धुमधामले होली मनाइदैछ । सबै समुदायबीच एक आपसमा सद्भाव र भाईचाराको कामनासहित सप्तरीमा धुमधामले जोगिरा गायन समेत भएको छ । त्रेता युगमा भगवान् विष्णुका परमभक्त प्रल्हादलाई आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन् । सोही सम्झनामा होलीको अघिल्लो राति यहाँ पनि होलिका दहन गरियो । बसन्त ऋतु आगमनको शंखघोष गर्दै होली मनाउने गरिएको स्थानीय बताउँछन् । रंगहरुको पर्व होली तराई मधेसमा सबै समुदायबीच एक आपसमा सद्भाव र भाईचारा कायम रहोस् भन्ने कामनाकासाथ मनाउने गरिन्छ ।



फाल्गुण पूर्णिमाको दिन मनाउने भएकोले यो पर्वलाई मधेसमाफगुवा पनि भनिन्छ र फगुवामा गाईने जोगिरा र होरिया गीत यसवर्ष सप्तरीको विभिन्न ठाउँमा धुमधामले प्रस्तुत गरिरहेको छ । होली पर्वकै नाममा केही अवाञ्छित हुने क्रियाकलाप बन्द गरी यसलाई उत्सवको रुपमा मनाउनुपर्ने स्थानीय अगुवाहरुको भनाई छ ।होली पर्वको धार्मिक, साँस्कृतिसँगै प्राकिृत महत्व पनि आदिकालदेखि रहि आएको छ । रंगहरुको पर्व होलीले सबैमा सद्भाव, सहयोग र भाइचाराको भावना अझ प्रगाढ होस, हरेक नेपालीको जीवनमा खुशीको रंग छाईरहोस् ।



