सिरहा, साउन १७ — सिरहा जिल्लाको औरही गाउँपालिका–४ स्थित नयाँ कमलपुर गाउँमा प्रहरीले लागूऔषध गाँजा ओसारपसारमा संलग्न ९ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट जम्मा १०३ किलो गाँजा बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय, सिरहाबाट खटिएको टोलीले शुक्रबार बिहान करिब ४स्३० बजे शंका लागेका व्यक्तिहरूलाई गाँजाको बोरा बोकेर हिँडिरहेको अवस्थामा देखेपछि तत्काल नियन्त्रणमा लिएको हो। प्रहरीले जानकारी दिएअनुसार, उनीहरू बोरा छाडेर भाग्न खोजेका थिए, तर तत्काल नियन्त्रणमा लिइए। बरामद गरिएको गाँजा ५ वटा बोरामा प्याक गरिएको अवस्थामा फेला परेको हो।

पक्राउ पर्नेहरू
पक्राउ पर्नेहरूमा सिरहा र भारतको मधुबनी जिल्लाका नागरिकहरू रहेका छन:

जयराम जोशी ४२, गोलबजार नगरपालिका–१

शिव कुमार सदा ३०, गोलबजार नगरपालिका–१

कृष्ण सदा २२, गोलबजार नगरपालिका–१

सुरज सदा १८, गोलबजार नगरपालिका–१

पशुपति सदा १७, गोलबजार नगरपालिका–१

जिबच्छ साह ३२, गोलबजार नगरपालिका–१

राजेन्द्र यादव ४२, औरही गाउँपालिका–३

बैजनाथ चौधरी ३९, मधुबनी, भारत

रमेश कुमार कामत ३०, मधुबनी, भारत

अनुसन्धान जारी
पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय सिरहा मा ल्याइ थप अनुसन्धान तथा कानूनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण सम्बन्धी यस प्रकारको कारबाहीलाई प्रहरीले नियमित रुपमा अगाडि बढाइरहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय